उपत्यकाका २ अस्पतालमा २ शंकास्पद बिरामीको मृत्यु

काठमाडौं। शुक्रबार काठमाडौं उपत्यकाका दुई अस्पतालमा २ जना बिरामीको मृत्यु भएको छ । यी दुवै बिरामी कोरोनाभाइरस संक्रमित हुन सक्ने आशंकामा उनहिरुको नमूना परीक्षणको लागि पठाइएको भए पनि रिपोर्ट नआउँदै उनीहरुको मृत्यु भएको हो ।

शुक्रबार पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामी र अल्का अस्पतालमा ६५ वर्षीय पुरुषको मुत्यु भएको छ । अल्का अपतालमा मृत्यु भएका बिरामी प्यान्क्रियाज क्यान्सरको उपचारको लागि आएका थिए । नवलपरासीबाट उपचारका लागि आएका उनीमा ज्वरो देखिएपछि नमूना परीक्षणको लागि पठाइएको छ । उनको शुक्रबार निधन भएको हो ।

यस्तै पाटन अस्पतालमा मृत्यु भएका बिरामी अस्पतालको आइसोलेसनमा थिए । उनको कोरोना परीक्षण भइसकेको छ । बिरामीको के कारणले मृत्यु भएको हो भन्ने बारे अस्पतालमा बैठक चलिरहेको छ । हाल पाटन अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position