गुगलमा ‘चु*या न्युज एंकर’ लेखेर सर्च गर्नुस्, अर्नब गोस्वामीको नाम आउँछ

डिसी नेपाल
९ जेठ २०७७ १४:५०

काठमाडौं। विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगलमा धेरै मानिसहरुले विश्वास गर्छन् । धेरैले यसैको भरमा कैयौं काम गरेका छन् । गुगलले सबैभन्दा विश्वसनीय समाचार देखाओस् भनेर यसका लागि हजारौं कर्मचारीले काम गरिरहेका छन् । गुगलको डाटाबेस लगातार अपडेट भइरहन्छ ताकि यसले दिने नतिजा सटिक होस् तर, यति मात्रै पर्याप्त छैन ।

सामाजिक संजाल रेडिटका एक प्रयोगकर्ताले एउटा रमाइलो कुरा ख्याल गरेका छन् । यदि तपाइँले गुगलमा ‘चुतिया न्यूज एंकर’ लेखेर सर्च गर्नुभयो भने अर्नब गोस्वामीको नाम आउँछ । अर्नब गोस्वामीलाई केही दिन पहिलेसम्म धेरै नेपालीले चिन्दैनथे तर आजको मितिमा अधिकांश नेपालीले उनलाई चिन्छन् । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालसँग उनले सीमा विवादका विषयमा गरेका हेपाहा प्रवृत्तिका प्रश्न र रिजालले उनलाई दिएको कडा जवाफको भिडियो भाइरल भएपछि उनलाई नचिन्ने नेपाली कमै छन् र चिन्ने नेपालीले पनि उनलाई रुचाउँदैनन् । सम्भवतः नेपालीले पनि उनलाई यस्तै शब्दले गाली गर्दा हुन् ।

यद्यपि गुगलले यस्तो नतिजा देखाउनुमा नेपाली नेतासँगको अन्तरवार्ता नभइ उनका पुराना अन्तरवार्ता र बयानबाजी पनि जिम्मेवार छन् । उनले केही समयअगाडि आफूलाई भारतीय कांग्रेसका गुण्डाहरुले आक्रमण गरेको विवादित बयान दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *