संविधान संशोधन विधेयक संसद्‍मा दर्ता

डिसी नेपाल
९ जेठ २०७७ १५:५७

काठमाडौं। सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार दिउँसो ३ बजेसचिवालयमा संशोधन प्रस्ताव दर्ता भएको हो। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय भएको थियो।

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *