कराँचीको बस्तीमा सय जना बोकेको विमान खस्यो, ठूलो क्षतिको आशंका (भिडियोसहित)

डिसी नेपाल
९ जेठ २०७७ १६:४२

काठमाडौं। पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको हजाइजहाज ए ३२० एयरबस शुक्रबार कराचीका जिन्ना इन्टरनेशनल एयरपोर्ट नजिकै मोडल कोलोनीमा खसेको छ । पिआइए प्रवक्ता अब्दुल्लाह हफिजले दुर्घटनाको पुष्टि गरेको पाकिस्तानी अखबार डनले लेखेको छ ।

हफिजले ८३०३ कलसाइनको यो जहाजले ९० जना यात्रु र ८ जना क्रु सदस्य लिएर उडेको बताएका छन् । विमान लाहोरबाट कराची आउँदै थियो । दुर्घटनामा के कतिको मृत्यु भयो र के कति बाँच्न सफल भए भन्नेबारे कुनै जानकारी आएको छैन ।

‘अहिल्यै केही भनिहाल्नु हतार हुनेछ । हाम्रो टिम आकस्मिक अवस्थामा काम गर्नको लागि प्रशिक्षित छ । मेरो प्रार्थना ती सबै परिवारहरुसँग छ । हामीले पारदर्शी रुपमा सूचनाहरु उपलब्ध गराउँदै जानेछौं’ प्रवक्ता हफिजले भने । दुर्घटनास्थलको भिडियो फुटेजमा धुवाँको मुस्लो निस्किएको देखिएको छ ।

 

View this post on Instagram

 

BREAKING: A Pakistan International Airlines (PIA) aircraft has crashed in a residential area near the Karachi Airport. #DawnToday

A post shared by Dawn Today (@dawn.today) on

 

View this post on Instagram

 

BREAKING: PIA aircraft crashes in Model Colony near Jinnah international airport Karachi. #DawnToday

A post shared by Dawn Today (@dawn.today) on




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *