थुनामा रहेका व्यक्तिमा देखियो कोरोना, जिल्ला प्रहरी कार्यालय सिल
काठमाडौं । थुनामा रहेका व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडीलाई सिल गरिएको छ । जिल्लाको शिवनाथ गाउँपालिका – का २२ वर्षीया युवकमा कोरोना पोजेटिभ देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत चैत्र ६ गते भारतबाट नेपाल आएका र वैशाख १५ गते कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको युवकमा कोरोना पुष्टि भएको हो । सञ्चार शाखाका असई अशोक पालले भने, ‘वैशाख १६ गते आरडिटी परीक्षणबाट नेगेटिभ देखिएका ती युवालाई अदालत लैजानका लागि गरिएको पीसीआर परीक्षणबाट पोजेटिभ आएको हो।’
‘मुद्दा शाखामा काम गर्ने लगाएत जिल्ला प्रहरीकार्यालय नै असुरक्षित महशुस गरेपछि सिल गरिएको छ’, उनले भने, चाँडै सम्बन्धित सबैको पिसीआर विधिबाट परीक्षण गरिने तयारी गर्दै छौं।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment