कोरोनाले लियो कुवेतमा एक नेपालीको ज्यान

डिसी नेपाल
९ जेठ २०७७ २०:०१

कुवेत । खाडीमुलुक कुुवेतमा एक नेपालीको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गएको छ । विगत १८ वर्षदेखि कुवेतमा रोजगारी गर्दे आएका एक नेपालीकाे कोरोना भाइरसको कारण मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उनको मृत्यु गएको मे १६ तारिख शनिबारका दिन भएको हो । उनको मृत्यु शनिबार भएतापनि कोरोनाकै कारण मृत्यु भएको भन्ने पुष्टि शुक्रबार मात्रै भएको दूतावासले जनाएको छ ।

उनको उपचारको क्रममा अस्पतालको आइशोलेशन वार्डमा मृत्यु भएको दूतावासको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *