जातीय विभेद गर्नेलाई कारवाहीको दायरामा ल्याउः नेता बोहरा
काठमाडाैँ । पूर्वमन्त्री तथा राप्रपाका नेता दीपक बोहराले जातीय विभेद गर्ने खालका कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।
एउटा टेलिभिजनको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग भएको भनि आलोचना भइरहेका बेला नेता बोहराले त्यसलाई खेदजनक रहेको बताएका हुन्।
उनले भनेका छन, ‘हरेक बर्गको आफ्नो स्वाभिमान हुन्छ।जातीय विभेद संबिधानले समेत वर्जित गरेको छ। जातीय विभेद रोक्न र त्यस्तो कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्दछु।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment