प्रदेश अस्पताल पुगेपछि दैलेखका संक्रमितले भने : ‘आत्मबल बढेर आयो’

तर्कबहादुर थापा
१० जेठ २०७७ १७:१२

काठमाडौं । दैलेखको आठबीस नगरपालिका १, सात्तलाका युवा कोरोना संक्रमित भएपछि उनको नाममा दैलेखमा राजनीति भयो । दैलेखको सदरमुकामस्थित एक विद्यालयमा बनाइएको आइसोलेसनमा उनलाई राखियो । उनको नाममा दैलेख अस्पतालले स्तररोन्नतिको लागि प्रदेश सरकारसँग अपेक्षा व्यक्त ग¥यो । तर, स्थानीयले कोरोनाको संक्रमितलाई देखाएर केही राजनीतिकर्मीले आफ्नो दुनो सोजो गराउन बनाएको योजनाको खुलेरै विरोध गरे ।

चौतर्फी विरोध भएपछि ती युवालाई कोरोना विषेश अस्पताल सुर्खेतमा पु¥याइएको छ । हाल प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका ती युवा चिकित्सकसहित स्वास्थ्यकर्मीको निगरानीमा रहेको अस्पताल स्रोतले बताएको छ। कर्णालीको पहिलो कोरोना सङ्क्रमित उनले प्रदेश अस्पतालमा आएपछि आफ्नो मनोबल बढेको बताए।

‘कोरोनाको संक्रमण भन्दा पनि अस्पतालको नाममा जंगलबीच रहेको विद्यालयमा राखेकोमा साह्र मन दुखेको उनले बताएका छन्।’ डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘सर बरु आफ्नै गाउँको विद्यालयमै भएको भए त त्यतिधेरै मन आत्तिने थिएन। अस्पताल लान्छौ भनेर याहाँ पनि मलाई विद्यालयमै राखे। एकदमै डराएको छु।’

‘म भन्दा बढी त मेरो घर परिवार आत्तिएका छन्, सर । मैले बेला–बेलामा सम्झाइरहेको छु । उनीहरुको मन मानेको छैन्। हुन त म सँगै आएका कोहीलाई पनि देखिएन। त्यसैले पनि होला परिवार धेरै आत्तिएको।’ झुप्रेसालको विद्यालयमा बनाएको क्वारेन्टाइनमा सबै सुविधा दिएको जनप्रतिनिधि र डाक्टरहरुले बताए पनि उनलाई मनमा चैन थिएन।

उनले थपे, ‘मलाई अस्पताल पुर्‍याए हुन्थ्यो जस्तो मात्र लागिरहन्थ्यो। उहाँहरुले मलाई बेला बेलामा रेखदेख त गर्नु भयो। तर मलाई भने पटक्कै चित्त बुझेको थिएन। आज सुर्खेत आएपछि बल्ल मन सान्त भएको छ। आत्मबल बढेको छ।’

सङ्क्रमितलाई तोकिएका अस्पतालमा नलगी विद्यालयमा बनाइएका मापदण्ड नपुगेका आइसोलेसनमा राखिएको भन्दै चर्को विरोध भएपछि उनलाई सो अस्पताल ल्याइएको हो । त्यसअघि ती युवकलाई दैलेखको नारायण नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *