आज दिउँसाे काँग्रेस पदाधिकारी बैठक बस्दै

डिसी नेपाल
११ जेठ २०७७ ११:५४

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सङ्घीय संसद्मा दर्ता गरेको “नेपालको संविधान (दोस्रो संशोधन), २०७७” र कोरोना भाइरस सङ्क्रमणको अवस्थालगायत विषयमा छलफल हुने काँग्रेस मुख्यसचिव कृृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो।

बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने काँग्रेसले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *