चिरन्जिवी, जिवेस र प्रविणको ‘इतिहास’ सार्वजनिक (भिडियाेसहित)
काठमाडौं । संञ्चारकर्मी चिरन्जिवी सापकोटाले जिवेस र प्रविणसँग मिलेर ‘इतिहास’ बोलको गित सार्वजनिक गरेका छन्। आइतबार आहा टिभि युट्युव च्यानलबाट सार्वजनिक भएको गितमा नेपालको इतिहासको बारेमा जानकारी गराइएको छ ।
नेपालको लिपुलेक, कालापानी तथा लिम्पियाधुरा लगायतको विभिन्न सिमाना भारतले अतिक्रमण गरेपछि उत्पन्न परिवेशलाई लिएर रविन्द्र सुवेदीको शब्द रचनामा उक्त गित बजारमा आएको हो । संचाकर्मी चिरन्जिवी सापकोटाले उक्त गितमा संगित दिएका छन्।
गित सार्वजनिक भएपछि डिसी नेपालसँग कुरा गर्दै सापकोटाले भने, ‘जिवेस र प्रविण अनि म मिलेर देशको परिवेससँग मेलखाने गित सार्वजनिक गरेका हौं’। उनले भने, ‘नेपालका सीमा मिचिएका छन्, उल्टै भारतीय मिडियाले नेपाललाई उपनिवेशको नजरले हेरकाले हामीले गितबाट सबैलाई सचेत पार्ने काम गरेका छौं।’
‘भारतीय मिडियाले गर्न खोजेको दादागिरीलाई खबरदारी पनि गरेका छौं’ सापकोटाले भने, ‘वास्तविक इतिहास के थियो ? कसरी नेपाली वीरहरुले पानी पनि नखाएर लडेका थिए र नेपालको नक्सा पूर्व टिस्टादेखि पश्चिमको कांकडासम्म रहेको सन्देश दिएका छौं।’
हामीले हाम्रो सीमाका लागि जसरी पूर्खाहरुले लडे त्यसैरीनै लड्ने छौ भन्ने संकेत पनि हो’ सापकोटाको भनाइ थियो, ‘भारत भन्दा आकारमा सानो भए पनि स्वाधिनता र स्वाभिमान छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment