यसकारण ओली र प्रचण्डसँग आक्रोशित छ भारत

डिसी नेपाल
१२ जेठ २०७७ १०:३०

काठमाडौं। भारतले जे गरे पनि नेपाल सरकारले चूपचाप सहन्छ र सहनुपर्छ भन्ने भारतीय शासकहरुको सोचाइमा आफ्नो अतिक्रमित भूमिसहित समावेश गरेर नेपाल सरकारले नयाँ नक्सा प्रकाशित गरेपछि गतिलो झापड दिएको छ।

नेपालको दरिलो कदमका कारण आफ्नो अहममा चोट परेपछि आक्रान्त बनेको भारतीय सत्ता यतिबेला दुई व्यक्तिहरुप्रति आक्रामक छन्। पहिलो हुन् नेपालका प्रधानमन्त्री केपी शर्मा ओली। उनलाई भारतविरोधी राष्ट्रवाद उचालेको आरोप लगाइएको छ।

नेपालमा शासक झैं राज गरेर आफ्नो कार्यकाल पूरा गरी फर्किएका नेपालका लागि पूर्वराजदूतहरु मध्ये धेरैजसो यो पंक्तिमा छन्। भारतीय सत्ताको आक्रमणमा परेका अर्का व्यक्तित्व हुन्, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको तत्कालीन भूमिगत पार्टीको उच्च नेतृत्व जो यतिबेला नेपालको सत्तामा छन्।

प्रधानमन्त्री ओली सन् २०१५ मा नेपालको नयाँ संविधान निर्माणदेखि नै भारतको निशानमा पर्दै आएका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने षड्यन्त्रपूर्ण दवावलाई अस्वीकार गरेका थिए जुन एजेण्डालाई यतिबेला डा.बाबुराम भट्टराई र महन्त ठाकुरले नेतृत्व गरेको जनता समाजवादी पार्टीले आफ्नो घोषित उद्धेश्यका रुपमा राखेको छ।

नेपालको दरिलो कदमका कारण आफ्नो अहम्मा चोट परेपछि आक्रान्त बनेको भारतीय सत्ता यतिबेला दुई व्यक्तिहरुप्रति आक्रामक छन्। पहिलो हुन् नेपालका प्रधानमन्त्री केपी शर्मा ओली। उनलाई भारतविरोधी राष्ट्रवाद उचालेको आरोप लगाइएको छ।

त्यसयताका देशको नेतृत्व गर्दै आएका ओलीले भारतको अनावश्यक दवावका विरुद्ध क्रियाशिलता देखाएका छन्। भलै उनले मुलुकमा सुशासन दिन सकेका छैनन्, उनका आसेपासेहरु भ्रष्टाचारमा डुबेका र भ्रष्टाचारीका मतियार बनेका धेरै घटनाहरु सार्वजानिक हुँदै आएका छन्।

तर, उनले भारतीय हस्तक्षेपका कारण महत्वपूर्णस्थानमा यस्तो नियुक्ति गर्नु पर्यो वा यस्तो नीति बनाउन भारतले हस्तक्षेप गर्यो भन्ने नेपाली जनताले सुन्नु परेको छैन। कमसल नै सही नेपाली जनताले नै छानेको नेतृत्वबाट शासन चलेको छ भन्ने सन्देश दिन भने ओली सफल भएका छन्। र, नेपालमा शासन गर्दै आएका भारतीय शासकहरु यही कारण यतिबेला तिल्मिलाएर ओलीविरुद्ध प्रकट भएका छन्।

नेपालका लागि पूर्वराजदूत रन्जित रेले भनेका छन्, ‘नेपालमा भारत विरोधी राष्ट्रवादको नीति छ। खास गरी कम्युनिष्ट पार्टीमा कुनै आन्तरिक समस्या वा संकट आयो भने उनीहरु भारत विरोधी राष्ट्रवादलाई प्रमोट गर्छन्। अर्कोतर्फ उनीहरु भारतलाई चीनसँग ब्यालेन्स गर्न चाहन्छन् सधैं। जब भारतसँग कुनै समस्या भयो भने उनीहरु चीनसँग नजिक हुन्छन्। यसैको श्रृंखला हो अहिले जे भइरहेको छ।’ त्यसैगरी जेएनयूका प्रोफेसर जो नेपाल नीतिमा विवादित हुँदै आएका छन्। उनले भारतीय टीभीको एडिटर्स च्वाइस नामको कार्यक्रममा भनेका छन्, ‘दुर्भाग्यको कुरा हो कि छिमेकमा जुन राष्ट्रवाद छ, त्यो भारतको विरुद्धमा छ । जसलाई हामी इन्टी इण्डियानिजम भन्न सक्छौं।’

त्यसैगरी भारतीय शासकहरु प्रचण्ड र उनका सहयात्री पूर्वमाओवादी नेताहरुप्रति यतिसम्म आक्रोशित छन् कि विगतमा भारतका विभिन्न स्थानहरुमा आफूहरुले नै पालित पोषित गरेको कुरा एकपछि अर्को गर्दै सार्वजानिक गर्न थालेका छन्। यस्तो आक्रामक यतिबेला भारतीय मिडियामा छताछुल्ल भएको छ।

नेपालमा माओवादी विद्रोह चलिरहेका बेला भारतीय सेनाको जिम्मेवार पदमा रहेका जर्नेल जी डी बक्सीले आक्रोश ओकल्दै भनेका छन्, ‘जेएनयू (जवहरलाल नेहरु विश्वविद्यालय) बाट बामपन्थी पठाएर भारतले आफ्नो विरुद्ध आत्मघाती गोल गरेको छ।’ उनले भारत माओवादीसँग छत्तिसगढमा लडिरहेको तर नेपालमा माओवादीलाई समर्थन गरेर ठूलो गल्ती गरेको र अहिले त्यसैको परिणाम भोगिरहेको उल्लेख गरे।

भारतका तर्फबाट इरान र युएईका राजदूत भइसकेका केसी सिंहले त नेपालमा आफ्ना मान्छेहरुलाई लगाएर अहिलेको सरकार ढाल्नु पर्ने र नयाँ सरकार बनाउनुपर्ने सम्मको रोडम्याप प्रस्तुत गरेका छन्। विदेश मन्त्रालयका पूर्व सचिवसमेत रहिसकेका सिंहले चीनको प्रभाव रोक्न नेपालमा रहेका आफ्ना एसेट(सम्पत्ति) लाई अघि सार्नुपर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *