इन्डोनेसियामा अलपत्र परेकी नेपाली विद्यार्थी शेभिकाको भारतीय दूतावासमार्फत उद्धार

डिसी नेपाल
१२ जेठ २०७७ १३:१६

काठमाडौँ । इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीको उद्धार भएको छ । अध्ययनका लागि भारतकाे हरियाणामा रहेकाे एक विश्वविद्यालयमार्फत इन्डोनेसिया पुगेकी रत्ननगर–९ चितवनकी शेभिका ढकाल अन्तराष्ट्रिय उडान बन्द भएपछि उतै अलपत्र परेकी थिइन्।

उनको इन्डोनेसियामा रहेको भारतीय दूतावास मार्फत उद्धार गरिएको हो । भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा उनलालाई पनि उद्धार गरिएको इन्डोनेसियास्थित भारतीय दूतावासले ट्वीटटरमार्फत जानकारी गराएको छ ।

उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारतलाई अनुरोध गरिदिएपछि आफू इन्डोनेसियाबाट फर्किन पाएको बताएकी उनले एक भिडियोमा बताएकी छन् ।

उनले आफ्नो उद्धार भएपिछ नेपाल र भारत दुवै सरकारलाई धन्यवाद समेत दिएकी छन् ।

शेभिका सुरुमा महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणामा बीबीए अध्ययन गर्न गएकी थिइन् । पछि इन्डोनेसियाको विश्वविद्यालय र महाऋषि मार्कण्डेय विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार उनी त्यहाँ पुगेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *