नेपालको नयाँ नक्साको दक्षिण कोरियामा दिप प्रज्वलन गरेर स्वागत
सौल । भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर प्रकाशित नेपालको नयाँ नक्साको दक्षिण कोरियामा दिप प्रज्वलन गरेर स्वागत गरिएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको खुशीयालीमा दक्षिण कोरियामा नेपाली युवाहरूले आइतबार दिप प्रज्वलन गरेका हुन् ।
कार्यक्रममा दिप प्रज्वलन गरी नेपालको राष्ट्रिय गान गाउँदै, नेपालप्रति गौरव व्यक्त गरिएको थियो। नुवाकोटका सालिक न्यौपानेले कार्यक्रमको संयोजन गरेका थिए ।
कार्यक्रममा मोरङका तेज अधिकारीले भारतीय मिचाहा प्रवृती र भारतीय मिडियाको भूमिकाको विरोध गरेका थिए । त्यस्तै गोरखाका धनजित श्रेष्ठले सुस्ता, माने भञ्ज्याङ लगायत विभिन्न ठाउँमा भारतले मिच्दै आएको प्रवृती अब अन्त्य हुनुपर्ने बताए।
कार्यक्रममा बोल्दै बुटवलका विष्णु सुवेदिले भारतीय हेपाहा र मिचाहा प्रवृतिको विरोध र भण्डाफोर गर्न सबैलाई आह्वान गरेका थिए । तराईका धेरै ठाउँहरूको सिमाना विवाद पनि यहीबेलामा सुल्झाउन पर्ने उनले माग समेत गरे।

कार्यक्रमका संयोजक न्यौपानेले नेपालको सीमा रक्षामा दक्षिण कोरियामा रहेमा नेपालीहरु एकजुट रहेको भन्दै आवश्यक सहयोगको लागि पनि आफूहरु तयार रहेको बताएका छन् । दक्षिण कोरियामा रहेका नेपालीहरुमा गहिरो राष्ट्रप्रेम छ,’ उनले भने, ‘ हाम्रो भुमि फर्काउनक हामि राष्ट्रको लागि जुनसुकै सहयोग गर्न पनि तयार छौं।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment