वर्षा राउतका कारण वर्षा सिवाकोटीलाई टेन्सन !

डिसी नेपाल
१२ जेठ २०७७ १४:३९

काठमाडौं। पछिल्ला केही दिन अभिनेत्री वर्षा राउत चर्चामा रहिन् । उनले नेपाल भारत सीमा विवादका विषयमा एक लाइभ कुराकानीमा गरेको टिप्पणीका कारण उनको तीब्र आलोचना भयो । उनलाई राष्ट्र विरोधीको आरोप समेत लागेको थियो । वर्षाले त्यो टिप्पणीको विषयमा माफी मागिसकेकी छिन् । उनले माफी माग्दै आइन्दा बोल्ने बेला ख्याल गर्ने बताइन् ।

वर्षा राउतले माफी मागेसँगै उनको विवाद सेलाउँदै गएको छ । तर, सम्भवतः एउटै नाम भएका कारण नेपाली सिनेमाकै अर्की अभिनेत्री वर्षा सिवाकोटीलाई समेत समस्या परेको देखिएको छ । वर्षा सिवाकोटीले यस विषयमा केही प्रस्ट त बताएकी छैनन् तर उनको पछिल्लो फेसबुक पोस्ट हेर्दा भने यसैको संकेत मिल्छ ।

वर्षा सिवाकोटीले फेसबुकमा आफ्नो नमस्ते गरेको फोटो पोस्टै गर्द स्टाटसमा लेखेकी छिन् ‘नमस्ते म वर्षा सिवाकोटी धन्यदाद ।’ उनले तल कोष्ठमा लेखेकी छिन् ‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनुहोला ।’ उनको यो स्टाटसले सम्भवतः सामाजिक संजालमा उनलाई वर्षा राउत सम्झेर प्रयोगकर्ताहरुले कमेन्ट र मेसेज पठाएको प्रतीत हुन्छ । पछिल्लो पटक उनले ईदको शुभकामना दिँदै राखेको स्टाटसमा समेत केहीले उनलाई वर्षा राउत नै ठानेर गरेका कमेन्टहरु पनि देख्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *