जापानमा आपतकाल अन्त्य भएको घोषणा

ज्याक खड्का
१२ जेठ २०७७ २१:२५

टोकियो । जापानमा कोरोना भाइरस (कोभिड-१९) को कारण घोषणा गरिएको आपतकालीन अवस्था रद्द गरिएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर लगाइएको आपतकालीन अवस्था अन्त्य भएको घोषणा गरेका हुन् ।

सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले कोरोना भाइरस बिरुद्ध ल्याइएको विशेष कानुनका आधारमा लागू गरिएको आपतकाल रद्दको घोषणा गरेका हुन् ।

गत अप्रिल महिनाको ७ तारिखबाट लागू गरिएको आपतकाल मे २५ तारिख सोमबार साँझबाट नै लागू हुनेगरि रद्दको घोषणा गरिएको हो ।

जापानभर मे ३१ तारिखसम्म आपतकालिन अवस्था घोषणा गरिएपनि यसअघिनै ४२ वटा प्रान्तमा अपातकाल अन्त्य गरिएको थियो ।

जापानको ४७ वटै प्रान्तमा घोषणा गरिएको आपतकाल आजैबाट लागू हुनेगरि रद्द भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *