अमेरिकामा घट्दै ब्राजिलमा बढ्दै कोरोना संक्रमण, स्पेनमा संक्रमण र मृत्यु शून्य

डिसी नेपाल
१३ जेठ २०७७ ६:४२

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को केन्द्रविन्दू बनेको अमेरिकामा भन्दा ब्राजिलमा धेरै संक्रमितको ज्यान जान थालेको छ । आइतबार र सोमबार अमेरिकामा भन्दा ब्राजिलमा धेरै संक्रमितको ज्यान गएको हो ।

पछिल्ले २४ घण्टामा ब्राजिलमा १३ हजार ५१ संक्रमित भएका छन् भने ८०६ जनाको ज्यान गएको छ । आइतबार ब्राजिलमा १६ हजार २२० संक्रमित थपिएका थिए भने ७०३ जनाको ज्यान गएको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १९ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् भने ५०५ जनाको ज्यान गएको छ। यसअघि आइतबार १९ हजार ६९८ जना संक्रमित भएका थिए भने ६१७ जनाको ज्यान गएको थियो ।

यस्तै, लामो समयदेखि कोरोनाका तिब्र प्रभाव देखिएको स्पेनमा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमण र मृत्युदर शून्य देखिएको छ ।

आइतबार ४८२ जना नयाँ कोरोना संक्रमित देखिएको र ७४ जनाको ज्यान गएको स्पेनमा पछिल्लो २४ घण्टामा संक्रमण र मृत्युदर शून्य देखिएको वल्डोमिटरले जनाएको छ ।

कोरोना प्रभावित देशमध्ये चौँथो स्थानमा रहेको स्पेनमा हालसम्म २ लाख ८२ हजार ४८० जना कोरोना संक्रमित भएका छन् । जसमध्ये २६ हजार ८३७ ज्यान गएको छ ।

संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ हजार निको भएर घर फर्किसकेका छन् ।

स्पेनमा अप्रिल अन्तिम सातादेखि लकडाउन खुकुलो भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *