सार्कमा कोरोना कहरः आधाबढी संक्रमण र मृत्यु भारतमै, दोस्रो पाकिस्तान

डिसी नेपाल
१३ जेठ २०७७ ८:१०

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढीरहेका बेलमा दक्षिण एशियाली (सार्क) मुलुकमा पनि यसको प्रभाव बढ्दै गएको छ ।

सार्क मुलुकमध्ये सबैभन्दा ठुलो देश भारतमा सबैभन्दा बढी मानिस कोरोनाको संक्रमणबाट संक्रमित भएका छन् भने धेरै ज्यान पनि गएको छ । नेपालसहित सार्क मुलुकमा आशिंक बाहेक लकडाउन जारी छ । हालसम्म सार्क राष्ट्रमा २ लाख ५१ हजार ३४३ जना मानिस संक्रमित छन् । भारत बाहेकका देशमा १ लाख ६ हजार ३९३ जना संक्रमित छन् ।

संक्रमित मध्ये ६ हजार ७७ जनाको जयान गइसकेको छ भने ८७ हजार ६२४ जना निको भएर घर फर्किसकेका छन् ।

भारत २४ घण्टामा थपिए ६ हजार ४१४ जना संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर प्रभावित हुने देशहरुमध्ये १० औँ स्थानमा रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ६ हजार ४१४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १४८ जनाको ज्यान गएको छ।

भारतमा हालसम्म १ लाख ४४ हजार ९५० जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ४ हजार १७२ जनाको ज्यान गइसकेको छ । हालसम्म भारतमा ६० हजार ७०६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

पाकिस्तानमा एक हजार १६७ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा हालसम्म एक हजार १६७ जनाको ज्यान गएको छ । हालसम्म ५६ हजार ३४९ जना संक्रमित भएका छन् ।

जसमध्ये ३७ हजार ७ सय जनाको उपचार सफल भएको छ । सोमबार पाकिस्तानमा १ हजार ७४८ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ३४ जनाको ज्यान गएको छ । पाकिस्तानमा अहिलेपनि लकडाउन जारी छ ।

बंगलादेश साढे ३५ हजार संक्रमित

सार्क राष्ट्रको सदस्य राष्ट्र बंगलादेशमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ । बंगलादेशमा हालसम्म ३५ हजार ५८५ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ५०१ संक्रमितको ज्यान गएको छ ।

सोमबार एकै दिन बंगलादेशमा १ हजार ९७५ जना नयाँ संक्रमित फेला परेका छन् भने २१ संक्रमितको ज्यान गएको छ । बंगलादेशमा हालसम्म ७ हजार ३३४ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

अफगानिस्तानमा ११ हजार बढी संक्रमति

सार्क राष्ट्रको कान्छो सदस्य राष्ट्र अफगानिस्तामा कोरोनाबाट २१९ जनाको ज्यान गएको छ । मंगलबार १ जनाको ज्यान एको छ भने ५९१ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ११ हजार १७३ पुगेको छ । जसमध्ये १ हजार ९७ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

श्रीलंकामा ११८२ संक्रमित ६९५ निको

विश्वभर महामारीको रुप लिएको कोरोना संक्रमण श्रीलंकामा सामान्य देखिएको छ । श्रीलंकामा सोमबार ४१ जना नयाँ कोरोना संक्रमित थपिएसँगै बिरामीको संख्या १ हजार १८२ पुगेको वल्डोमिटरले जनाएको छ। सोमबार १ जनाको ज्यान गएको श्रीलंकामा कोरोनाको संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

भुटानमा जम्मा २७ संक्रमित

छिमेकी मुलुक भुटानमा कोरोनाको प्रभाव सबैभन्दा कम परेको छ । भुटानमा हालसम्म जम्मा २७ जना संक्रमित देखिएका छन् । जसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन् ।

माल्दिभ्स ४ जनाको मृत्यु

सार्क राष्ट्रमध्यको सबैभन्दा सानो टापु देश माल्दिभ्समा सोमबार २४ जना नयाँ कोरोना संक्रमित फेला परको छन् । यो सँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या १ हजार ३९५ पुगेको छ । जसमध्ये १५५ जना निको भएर घर फर्किसकेका छन् भने ४ जनाको ज्यान गएको छ।

नेपालमा निको हुनेको दर उच्च

सार्क मुलुकको अध्यक्ष राष्ट्र नेपालमा पनि कोरोनाका संक्रमण बढ्दै गएको छ । सोमबार एकै दिन नेपालमा ७९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमित मध्ये १५५ जना निको भएर घर फर्किसकेका छन्। नेपालमा कोरेना निको हुनेको प्रतिशत सार्क राष्ट्रमध्यकै सबैभन्दा बढी हो ।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार गर्दागर्दै ज्यान गुमाएका बाराको करैयामाइ गाउँपालिका ७ का पुरुषमा पनि कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।

नेपालमा हालसम्म रयापिड र पिसीआर विधिबाट १ लाख ४६ हजार ८३४ जनामा कोरोना टेष्ट गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *