सर्लाहीका क्रियाशील पत्रकारको कोरोना बीमा

डिसी नेपाल
१३ जेठ २०७७ ११:४७

सर्लाही । जिल्लामा क्रियाशील पत्रकारको कोरोना बीफ्रण्टलाइनमा रहने पत्रकार कोरोनाको उच्च जोखिममा रहेकाले उनीहरुको कोरोना बीमा गर्न शुरु गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले बताए।

प्रदेश नं २ मा कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको र त्यसबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै फ्रण्टलाइनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारसमेत उच्च जोखिममा रहेकाले उनीहरुको बीमा गर्न शुरु गरिएको महासङ्घका अध्यक्ष ठाकुरले बताए ।

छिमेकी देश भारतसँग प्रत्यक्ष सीमा जोडिएको जिल्लाको ५१ किलोमिटर क्षेत्रफल खुला रहेका कारण पनि जिल्लामा कोरोना सङ्क्रमणको जोखिम छ भने जोखिमका बीच पनि फ्रण्टलाइनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारप्रति लक्षित गरी कोरोना बीमा गर्न लागिएको महासङ्घ शाखाले जनाएको छ।

जिल्लामा क्रियाशील पत्रकारको बीमाका लागि नेपाल पत्रकार महासङ्घ केन्दीय कार्यालयबाट समेत परिपत्र भइसकेकाले पनि कोरोना बीमामा आवद्ध हुन जिल्लाका पत्रकारलाई सूचना गरिसकेको महासङ्घ सर्लाही शाखाले जनाएको छ।

जिल्लामा महासङ्घमा आवद्ध ६७ र स्थानीय विभिन्न रेडियो, पत्रपत्रिका तथा अनलाइनमा क्रियाशील करिब १०० पत्रकारको बीमा गरिने भएको हो ।

उनका अनुसार बीमा गर्नका लागि पत्रकारले नागरिकता पमाणपत्रको फोटोकपी एकप्रति र पासपोर्ट साइजको फोटो एकप्रति उपलब्ध गराउनुपर्ने छ।

तोकिएका कागजात जेठ १३ आज बेलुका ४ बजेसम्म शाखाको कार्यालय मलङ्गवामा उपलब्ध गराइदिन महासङ्घ सर्लाही शाखाका अध्यक्ष ठाकुरले जिल्लाका सबै क्रियाशील पत्रकारलाई आग्रह गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *