मलेसियामा थप १३ नेपालीमा कोरोनाको पुष्टि

डिसी नेपाल
१३ जेठ २०७७ १६:१४

क्वालालम्पुर । मलेसियामा थप १३ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मंगलबार थप १३ जना नेपालीमा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित नेपालीको संख्या ७१ पुगेको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावास स्रोतका अनुसार यसअघि ५८ जना नेपालीमा संक्रमण पुष्टि भएको थियो । फेरि क्वालालम्पुर नजिकै रहेको चेरासस्थित एक सेक्युरिटी कम्पनीमा कार्यरत १३ जना सुरक्ष गार्डममा कोरोना पुष्टि भएको हो । उक्त कम्पनीमा यसअघि पनि संक्रमित भेटिएका थिए ।

मलेसियामा हालसम्म १३ जना नेपालीले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार ६ सय ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय १५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ६ हजार ४१ जना उपचारपछि निको भएका छन् । मलेसियामा अहिले जम्मा १ हजार ४ सय ४८ वटा मात्रै ‘एक्टिभ केस’ रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *