भेरी नदीमा हराइरहेकाको शव खोज्न गोताखोरसहित १८ जना सशस्त्र प्रहरी परिचालन

डिसी नेपाल
१४ जेठ २०७७ १३:०६

काठमाडौं । रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट दलित युवाको मृत्यु भएको घटनाको तत्काल छानवीन गरी दोषीलाई कडा कारबाही गर्न सांसदहरूले माग गरिहेका बेला भेरी नदीमा हराइरहेकाहरुको खोजी कार्यका लागि डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको १८जनाको टोली परिचालित भएको छ।

सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार भेरी नदीमा हराइरहेकाको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रीत गुल्म बाट डिएसपी को कमाण्डमा ४ जना गोताखोर सहित ११ जना र सशस्त्र प्रहरी बल न.४७ गुल्म पश्चिम रुकुम बाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी सहित १८ जनाको टोलि परिचालित भएको हो ।

सो घटनामा युवतीसहित उनका बुबाआमा, वडाध्यक्ष डम्बरबहादुर मल्ल, घटनामा प्रत्यक्ष संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुनमगर, रमेश मल्लसहित १२ जनालाई प्रारम्भिक अनुसन्धान र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले एसएसपी पोषराज पोखरेलको संयोजकत्वमा प्रहरी टोली छानवीनका लागि रुकुम पुगेको छ ।

रुकुमको चौरजहारी नगरपालिका–८ मा प्रेमिकासँग बिहे गर्न गएका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित १९ जनालाई जेठ १० गते राति गाउँलेले कुटपिट गर्दै लखेटेका थिए। सोही क्रममा मृत्यु भएका तीन जनाको शव फेला परेको छ भने तीन जना अझै बेपत्ता छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *