तत्कालै नेपाल फर्किनकाे लागि फारम भरेकाहरुलाई सम्पर्कमा आउन दूतावासको आग्रह

डिसी नेपाल
१४ जेठ २०७७ १५:५९

काठमाडौँ । तत्काल स्वदेश फर्किने भन्दै दूतावासले उपलव्ध गराएको अनलाइन फारम भरेकाहरुलाई सम्पर्कमा आउन बहराइनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । फारम भरेकाहरुसँग फारममा उपलव्ध गराइएको मोवाइल नम्वरमा सम्पर्क हुन नसकेको भन्दै त्यसरी फारम भरेका र दूतावाससँग सम्पर्क हुन नसकेकोहरुलाई यथाशिघ्र सम्पर्क गर्न दूतावासले सुचना निकालेर अनुरोध गरेको हो।

यसअघि दूतावासले कोरोनाका कारण बहराइनमा समस्यामा परेका नेपाली श्रमिकहरुको विवरण संकलन गरेको थियो।

कोरोनाबाट प्रभावित नेपालीको विवरण संकलन गरेर समाधानार्थ सहजिकरण गर्ने उद्देश्यले दूतावासले विवरण संकलन गरेको थियो ।अप्ठ्यारोमा परेका नेपालीले आफ्नो समस्या राजदूतावासको वेभसाइटमा उपलब्ध गराइएको फारम भरेर जानकारी गराएका थिए ।

सोहीे फारममा तत्काल घर फर्किन चाहान्छु भन्नेहरुको दूतावासले खोजि सुरु गरेको हो । तर, तत्काल नेपाल फर्किन भन्दै फारम भरेकाहरुमध्ये कतिपयको मोवाइल नम्वरमा सम्पर्क हुन नसकेको दूतावासले जनाएको छ ।

त्यसरी फारम भर्नेहरुलाई बहराइनस्थित दूतावासको टेलिफोन नम्वर १७७२ ५५८३ तथा श्रमसहचारी दामोदर दाहाल (३२०९५०४१) र शकिल अमद शेखलाई (३५४२७७१७)  सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

 




प्रतिक्रिया

One thought on “तत्कालै नेपाल फर्किनकाे लागि फारम भरेकाहरुलाई सम्पर्कमा आउन दूतावासको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *