संविधान संशोधनका विषयमा छलफल गर्न शनिबार काँग्रेस बैठक बस्दै

डिसी नेपाल
१५ जेठ २०७७ १२:०८

काठमाडौँ । संविधान संसोधनका विषयमा छलफल गर्न प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको बैठक बस्ने भएको छ ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कमिटि बैठक डाकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णराज पौडेलले बताए ।

पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि यही जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।

बुधबारकाे बैठकमा संशोधन प्रस्ताव पेश गर्ने भनिएपनि अन्तिममा आएर कार्यसूचीबाट हटाइएको थियो । संविधान संशोधनका विषयमा पार्टीमा छलफल गर्नुपर्ने भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाले समय माग गरेपछि बुधबार हुने भनिएको संशोधन प्रस्ताव कार्यसूचिबाट हटाईएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *