घरमै बसेर नेपाली चलचित्र ‘मंगलम’ र ‘मारुनी’ हेर्ने अवसर

डिसी नेपाल
१५ जेठ २०७७ १२:२७

काठमाडौं। नवल नेपालले निर्देशन गरेका चलचित्र डिस होमको च्यानल नम्बर १०८ र बीएम एचडीमा आउने भएको छ। लोकप्रियता कमाएका निर्देशक नेपालको दुई चलचित्र, मंगलम शुक्रबार होमको च्यानल नम्बर १०८ सशुल्क हेर्न पाइन्छ भने अर्काे चलचित्र मारुनी शनिबार निशुल्क बीएम एचडीमा देखाइने भएको हो।

मंगलम शुक्रबारबाट लगातार र ‘मारुनी’ शनिबार राति ८ बजेको समयमा देखाइन लागेको निर्देशक नेपालले बताए। चलचित्रलाई खाली राख्दा उचित नहुने भन्दै चलचित्र डिस होममा देखाइन लाएको निर्देशक नेपालले बताए।

उनले भने, ‘यो बेला धेरै कुराले उपयुक्त लाग्यो। दर्शकहरुको चाहना, हलमा नचलेको लामो समय भएकोले र केही व्यावसायिक आधारहरु पनि मिसिएकोले देखाउन लागिएको हो।लामो समय खाली राखी रहँदा उचित हुँदैन।’

हलमा प्रदर्शन हुँदासँगै हेर्न नसकेका परिवारको लागि लकडाउनले सँगै हेर्ने मौका मिलाएको उनको भनाइ छ। ‘हलमा सबै परिवारले हेर्न नमिलेको पनि हुन सक्छ। अहिले त सबै सँगै छन्। यो मौका पनि हो। सामाजिक बिषयलाई समेटिएको चलचित्र एकअर्का सँगसँगै हेर्न पाउनु एक अवसर पनि हो।

शनिवार बिएम टिभी मार्फत देखाइने चलचित्र मारुनी साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङको मुख्य भुमिका रहेको चलचित्र मारुनी गोविन्द फुयाँलले लेखेका हुन्।

संजय लामाको सिनेमाटोग्राफर रहेको ‘मारुनी’ आशक्ति र विश्वास र रंगीन सपनाको कथा समेटिएको चलचित्र हो। शुक्रबार डिस होम बाट लगातार देखाइन लागिएको मंगलम चलचित्रमा परिवार भित्रको कथा रहेको निर्देशक नेपालले बताए।

उनले भने, ‘मंगलम पारिवारिक कथा हो। कति कुरा देखिएका छन् र पनि महत्व छैन। कति नदेखेर पनि महत्व हुन्नन्। यदि महत्व दिएर बुझ्ने हो भने मंगलमले धेरै सन्देश दिएको छ।’ गोविन्द फुयाँलको कथा, गोविन्द फुयाँल र नवल नेपालले लेखेका चलचित्र मंगलमको निर्देशन नवल नेपालले गरेका हुन्।

शिल्पा पोख्रेलको प्रस्तुति र छवि ओझाको निर्माणमा बनेको चलचित्र मंगलममा कलाकार मिथिला शर्मा, शिल्पा पोख्रेल, पुष्प खड्का पृथ्वीराज प्रसाईं, नीर शाह सुशील पोख्रेलको मुख्य भुमिका रहेको छ।

यता मारुनी र मंगलम हेर्ने पहिला नमिलेकाले डिस होममा आउने थाहा पाएपछिे आफूहरु फुरुक्क परेको बताउछन् दर्शक। नुवाकोटकी सुशीला ओझा भन्छिन्, ‘मलाइ मंगलम धेरै हेर्न मन लागेको थियो। तर हल जान नै नमिलेलाले हेर्न पाइएन। अब बच्चासँग नै घरमा बसेर हेरिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *