वरिष्ठ गीतकार थापाको निधन

डिसी नेपाल
१५ जेठ २०७७ १४:५८

काठमाडौं । बरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । ८३ वर्षका थापाको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

थापालाई बुधबार बेलुकी स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा बिहीबार दिउँसो १२ बजे निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार पीसीआर परिक्षणका लागि उनको स्वाब संकलन गरिएको छ । उनले लेखेका ‘आफ्नै गाउँ फर्की आए’, ‘ए कान्छा ठट्टैमा’, ‘जाग लम्क चम्क हे’, ‘घुम्तीमा नआउ है’, ‘पन्छीमा राम्रो डाँफे’ लगायतका कालजयी गीत लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *