कोरोना भाइरसबाट मलेसियामा ८१ नेपाली संक्रमित

डिसी नेपाल
१५ जेठ २०७७ १७:५३

क्वलालम्पुर । मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ८१ पुगेको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार मलेसियामा हालसम्म ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २२ जना उपचारपछि निको भएका छन् ।

मलेसियामा सबैभन्दा बढी सुरक्षा गार्डहरुमा संक्रमण पुष्टि भएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार ६ सय २९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय १५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ६ हजार १ सय ६९ जना उपचारपछि निको भएका छन् । मलेसियामा अहिले जम्मा १ हजार ३ सय ४५ वटा मात्रै ‘एक्टिभ केस’ रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *