जापानमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु

ज्याक खड्का
१५ जेठ २०७७ १८:१२

टोकियो । जापानमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको ज्यान गएको छ । जापान तोचिगी केनको उचुनोमियामा पौडी खेल्ने क्रममा डुबेर झापाका एक २२ वर्षीय नेपाली युवाको मृत्यु भएको हो ।

विद्यार्थी भिषामा सन् २०१८ मा जापान आएका उनी सापकोटा थरका हुन् । उनी बिहीवार अपरान्ह ३ बजे स्थानीय खिनुगावा खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

उनीसँगै पौडी खेल्न गएका साथीहरुले खोजी गरेपनि पत्ता नलागेपछि उनीहरुले प्रहरीलाई खवर गरेका थिए । उनको दुईघण्टापछि मात्र प्रहरीले खोलाबाट भेटाएको हो ।

उनी त्यहाँ आफ्ना ९ जना साथीसँगै बारबीक्यु गर्न गएका थिए । सँगै गएका साथीहरु खोला किनारमा रहेको बेला उनी खोलामा पौडी खेल्न हाम फालेकोसँगै रहेका साथीहरुले बताएका छन् ।

उनको शवलाई अहिले प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । प्रहरीले स्थानीय समय साँझ साढे ७ बजे उनको मृत्यु भएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *