सिमानामै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा काेराेना पाेजेटिभ
अर्घाखाँची । भारतबाट नेपाल आउँदै गर्दा बाटोमै मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना पुष्टि भएको छ। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी वियराज पौडेलले उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको बताए।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ९ का युवक गत जेठ १८ गते भारतबाट नेपाल फर्किएका थिए । प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘नेपाल तर्फ आउँदै गर्दा उहाँको गाडीम मृत्यु भइसकेको थियो, मृत्यु भएका खबर पाएको ६ घण्टापछि मात्र उहाँको शव सिमानामा पुगेको हो, त्यतै पोस्टमाटम गरियो र स्वाब लिएका थियों।’
उनीसँगै आएका मानिसहरुको तथ्याकं संकलन सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। उनले युवकको कोरोनाकै कारण मृत्यु नभएको हुनसक्ने बताए । उनले भने, ‘कोरोना पोजेटिभ देखिए पनि उहाँको मृत्युको कारण अरु नै हुनसक्ने आशंका गरिएको छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment