पहिल्यै दुई श्रीमतीका श्रीमानसँग प्रेम, प्रेमीसँग होटलमा बसेकी तनुजाको लाश भेटियो

डिसी नेपाल
१६ जेठ २०७७ १४:३३

काठमाडौं । तेह्रथुमको सदरमुकाम म्याङलुङमा एक होटलमा मृत अवस्थामा भेटिएकी युवती तनुजा कार्कीका परिवारले उनका कथित प्रेमी खम्बासिंह तामाङविरुद्ध किटानी जाहेरी दिएका छन् । मोरङको आइतबारे उर्लाबारी घर भई तेह्रथुमको मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत तनुजा कार्कीको शब गत मंगलबार अपरान्ह ४ बजेको समयमा सदरमुकाम म्याङ्लुङको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

गत जेठ १२ गते सार्वजनिक बिदाको दिन उनी आफ्ना प्रेमी खम्बासिहं तामाङसँग सदरमुकामको एक होटलमा गएर बसेकी थिइन् । त्यसको भोलिपल्ट अपरान्ह उनको शव भेटिएको थियो । उनी झुण्डिएको अवस्थामा भेटिएको र उनले आत्महत्या गरेको वा हत्या भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नवीनकिशोर प्रधानका अनुसार उनका कथित प्रेमी खम्बांिह तामाङलाई हिरासतमा लिइ अनुसन्धान अगाडि बढाइएको छ ।

तनुजाका प्रेमी भनिएका खम्बासिहं तामाङ नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिकाका हुन् । उनी ठेकेदार हुन् र लामो समयदेखि उनी ठेक्कापट्टाको कामका लागि देशका विभिन्न ठाउँमा गइरहन्छन् । पछिल्लो पटक उनले तनुजा कार्यरत स्वासथ्य चौकी भवन बनाउने ठेक्का लिएका थिए र सोही भवन निर्माणको क्रममा उनी तेह्रथुममा थिए । सोही भवन निर्माणको काम लगाउने तामाङ र सोही स्वास्थ्यचोकीमा कार्यरत नर्स तनुजाबीच यही क्रममा सम्बन्ध बढेको स्थानीय बताउँछन् ।

तनुजाको शव १३ गते अपरान्ह ४ बजे होटलको एक कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको प्रहरीले फेला पारेको थियो । नर्स कार्कीले आत्महत्या नै गरेकी हुन् या अरु कसैले हत्या गरी झुण्डाएका हुन् भन्ने कुराको पुष्टि नभएको डिएसपी प्रधानले बताएका छन् । अहिले प्रारम्भिक अनुसन्धान भइरहेको बताउँदै पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान हुने डिएसपी प्रधानले बताए ।

तनुजाले करिब ३ वर्षअघि लोकसेवा पास गरी पहिलो पोष्टिङका रुपमा त्यस स्वास्थ्य चौकीमा खटिएकी थिइन् । त्यसपछि अहिलेसम्म उनी त्यही स्वास्थ्य चौकीमै थिइन् । प्रहरीले हिरासतमा राखेका तामाङलाई अदालतबाट थप २५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । नर्सको शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप बिस्तृत अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने डिएसपी प्रधानले बताएका छन ।

तनुजाका प्रेमी भनिएका खम्बासिंह पहिल्यै विवाहित भएको र उनका २ श्रीमती तथा तीन सन्तान रहेको बताइएको छ । तनुजाले विदामा घर आएको बेलामा आफू त्यस स्वास्थ्य चौकीमा रहन नचाहेको र आफ्नो सरुवा मिलाइदिन परिवारसँग आग्रह गरेकी थिइन् । उनका भिनाजुका अनुसार तनुजाले यसो भन्दा उनलाई घरदेखि टाढा भएकोले न्यास्रो लागेको हुन सक्ने उनका परिवारले ठानेका थिए ।




प्रतिक्रिया

One thought on “पहिल्यै दुई श्रीमतीका श्रीमानसँग प्रेम, प्रेमीसँग होटलमा बसेकी तनुजाको लाश भेटियो

  1. Kati ramro heading, ajai badnam garaune heading lekhna kasaile sikayena? Tarika ho toit sansar dhwasta hunxa vanthe yestai dekhna ho raxa

Leave a Reply

Your email address will not be published. Required fields are marked *