बाँदरले ल्याबबाट कोरोनाभाइरसको स्याम्पल चोरेर भागेपछि….
काठमाडौं । भारतको एक राज्य उत्तर प्रदेशमा एक अनौठो घटना भएको छ। उत्तर प्रदेशको मेरठमा एक बाँदरले मेडिकल कलेजको ल्याबबाट कोरोनाको स्याम्पल चारेर भागेको बताइएको छ। बाँदरले ल्याबभित्र घुसेर ल्याब टेक्जिशियनको हातबाट स्याम्पल चोरेर भाग्यो।
अस्पतालको कर्मचारीले लेखेटेपछि उक्त बाँदर रुखमा चढेको थियो। त्यसपछि ती कर्मचारीले भिडियो बनाउनतिर लागे। भिडियो बनाउनेलाई भने अस्पताल प्रशासने नोटिस जारी गरेको छ। मेडिकल कलेजले भने उक्त स्याम्पल कोरोनाको नभएको बताएको छ। तर भारतीय सञ्चारमाध्यमले स्रोतलाई उद्दृत गर्दै उक्त स्याम्पल कोरोनाकै भएकेा उल्लेख गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment