सिटीइभिटीको भवनमा १०० श्ययाको आइसोलेसन कक्ष बन्दै
धनुषा । कोरोना सङ्क्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन श्यया भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ।
धनुषा जिल्ला सङ्कट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त भवनमा आइसोलेसन कक्षको निर्माण गरिने निर्णय गर्दै त्यसका लागि नेपाली सेनालाई जिम्मा दिएको छ।
सेनाले आइसोलेसन निर्माणको कार्य शुरु गरिसकेको र आज रातिसम्म कोरोनाको सङ्क्रमित बिरामीलाई लगेर राख्ने तयारी भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकरी शरदकुमार पोखरेलले जानकारी दिए ।
लक्ष्मीनिया गाउँपालिकाको वडा नंं ३ सपहीमा रहेको सिटीइभिटीको भवन अत्याधुनिक तथा सुविधासम्पन्न छ।
उक्त भवनमा १०० वटासम्मको आइसोलेसन श्यया निर्माण गर्न लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनमा अहिले ३० भन्दा बढी बिरामी उपचारमा रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment