थाइल्याण्ड, सिङगापुर, कम्बोडिया, भियतनाम र लाओसबाट फर्कन चाहनेलाई विवरण भर्न अनुरोध

डिसी नेपाल
१७ जेठ २०७७ ११:५६

काठमाडौँ । बेङककस्थित नेपाली दूतावासले असहज परिस्थितिका कारण स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरुको विवरण संकलन सुरु गरेको छ ।

दूतावासले कोरोनाका कारण थाइल्याण्डलगायत दूतावास सहप्रमाणिकृत मुलुकहरु सिङगापुर, कम्बोडिया, भियतनाम र लाओसमाबाट नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरुलाई तत्काल आफ्नो विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

अनलाइलनका माध्यमबाट संकलन थालिएको विवरणका आधारमा अत्यावश्यक देखिएका व्यक्तिलाई प्राथमिकताको आधारमा स्वदेश फर्काइने दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार यसरी स्वदेश फर्कन चाहाने नेपालीले हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यस्तै स्वदेश फर्कनुअघि अनिवार्य रुपमा आफूमा कोरोनाको संक्रमण नभएको पीसीआर टेष्टको रिपोर्ट दूतावासमा बुझाउनुपर्नेछ ।

यसरी फर्कनेहरुले अनिवार्य रूपमा १४ दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्ने दूतावासले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *