नेपालको सीमावर्ती भारतीय राज्यहरुमा हजारौं चमेराहरु खस्दै मर्दै, नयाँ भाइरसको त्रास फैलियो
काठमाडौं। नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमा हजारौंको संख्यामा चमेराहरु धमाधम खस्दै, तड्पिँदै मर्दै गर्न थालेपछि त्यस क्षेत्रमा नयाँ भाइरसको आशंकामा स्थानीय त्रसित बनेका छन् । पछिल्लो समय मध्य प्रदेशको सिंगरौली जिल्लामा एउटा आँपको बगैंचामा हजारौंको संख्यामा चमेराहरु अचानक मरेका छन् । पशु र वन विभागको टोलीले घरनास्थलबाट नमूना संकलन गरी जाँचको लागि भोपाल पठाएको फ्रि प्रेस जर्ललले समाचार लेखेको छ ।
यसअघि यस्तै किसिमका घटनाहरु अन्य क्षेत्रमा पनि भएका थिए । झण्डै एक साताअघि बिहारको भोजपुर जिल्लाको आरामा पनि २ सयभन्दा धेरै चमेराहरु एकैपटक मरेका थिए । यी चमेराहरु मरेको गत मंगलबार अधिकारीहरुले पुष्टि गरेको र स्वाब परीक्षणका लागि प्रयोगशाला पठाएको हिन्दूस्तान टाइम्सले लेखेको थियो । त्यसको भोलिपल्टै गोरखपुर नजिकै बेलघाटमा पनि आँपको बगैंजामा सयौंको संख्यामा चमेराहरु मृत भेटिएको हिन्दूस्तान टाइम्सले नै समाचार प्रकाशित गरेको थियो ।
पछिल्लो पटक सिंगरौलीमा हजारौंको संख्यामा चमेराहरु मरेको भेटिएका हुन् । कैयौं चमेराहरु जमिनमा तड्पिरहेका थिए । घटनास्थलमा रहेका स्थानीयले आँखैअगाडि चमेराहरु खसिरहेको देखेको बताएका छन् । कोरोनाभाइरसको त्रासका बीच यसरी ठूलो संख्यामा चमेराहरु धमाधम मरेपछि अर्को भाइरसको त्रास फैलिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment