मलेसियाको फिर्ती केन्द्रमा रहेका अवैधानिक कामदार आगामी जुन ६ देखि स्वदेश फर्कन पाउने

डिसी नेपाल
१७ जेठ २०७७ १७:०६

काठमाडाैं । मलेसियामा अवैधानिक तवरले बसिरहेका बिदेशी कामदारहरू आगामी जुन ६ देखि स्वदेश फर्कन पाउने भएका छन्।

सुरुमा ६ जुनदेखि ईन्डोनेसियाली नागरिकलाई स्वदेश फर्काउन सरु गरिनेछ । अन्य देशका नागरिकलाई पनि लगत्तै फर्काउन सुरु गरिने तयारी भएको मलेसियाका रक्षा मन्त्री ईस्माईली साव्री याकोवलाई उधृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ ।

फर्कने कामदारको सुरुमा कोरोना परीक्षण गरिनेछ । परीक्षणमा काेरोनाको संक्रमण  नदेखिएकाहरुलाई स्वदेश फर्काउन सुरु गरिनेछ । हाल मलेसियाको घरफिर्ती केन्द्रमा सबैभन्दा धेरै इन्डोनेसियाली नागरिकहरू रहेका छन ।

मलेसियाका विभिन्न घरफिर्ति केन्द्रमा राखिएका २ सय ४६ जना नेपाली तथा २ हजार ४ सय ७६ बंगलादेशी नागरिकलाई  यहिबीचमा घरफिर्ता पठाइने जनाइएको छ ।

मलेसिया सरकारले मलेसियाको विभिन्न जेलमा रहेका अवैधानिक हैसियतका आफ्ना नागरिक घर फिर्ता लैजान विभिन्न देशका सरकारलाई अनुराेध गरेको छ । जसअनुसार नेपाल , इन्डोनेसिया, बंगलादेशले सहमती दिएको मलेसिया सरकारले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *