मन्त्रिपरिषद बैठक सुरु, विदेशमा रहेका नेपाली ल्याउनेबारे छलफल
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको छ। विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको हो।
यसअघि बालुवाटारमै राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बसेको थियो। मन्त्रीपरिषदको बैठकले भारत लगायतका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई कसरी ल्याउने भन्नेबारे निर्णय गर्नेछ।
यसअघि शुक्रबार बसेको उच्च स्तरीय समितिकाे बैठकले ७ देखि १० दिनभित्र नेपाली ल्याउने तयारी गर्ने योजना बनाएको थियो। समितिले दैनिक रूपमा दैनिक ३ हजारदेखि ३५ सयसम्म नेपाली ल्याउन सकिने निश्कर्ष निकालेको थियो। त्यस्तै, भारतबाट फर्किनेका लागि पनि विभिन्न नाकाहरू तोकेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment