भारतमा थप एक महिना लकडाउन लम्बियो

डिसी नेपाल
१७ जेठ २०७७ २०:१०

एजेन्सी । भारतले लकडाउन थप एक महिना लकडाउन लम्ब्याउने भएको छ । भारत सरकारले शनिबार गरेको निर्णय अन्तर्गत जुन १ देखि जुन ३० सम्म लकडाउन लम्बिने भएको छ। भारतमा यो पाँचौ चरणको लकडाउन हो ।

पाँचौ चरणको लकडाउनसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी पनि भारतले गरेको छ । जसअनुसार जून ८ देखि लकडाउन खुकुलो बनाउने पहिलो चरण सुरु हुन्छ ।

पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने तयारी गरिएको छ । भारत सरकारले यसलाई अनलक चरण एक भनेको छ ।

दोश्रो चरणमा राज्य सरकारहरुसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने जनाइएको छ । तेश्रो चरणमा अन्तर्राष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुल लगायत खोलिने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *