कोरोना महामारीको सक्रिय रहेको सिर्जनशील युवा क्लब

डिसी नेपाल
१८ जेठ २०७७ १२:३९

नुवाकोट। नुवाकोटमा २०७१ मा स्थापित सिर्जनशील युवा क्लब कोरोनाको महामारीमा सक्रिय रहेको छ। नुवाकोटको ककनी गाउँपालिका रानीपौवामा रहेको सिर्जनशिल क्लब कोरोनाको महामारीमा युवाको ठूलो भुमिका रहने भन्दै सक्रिय रहेको हो।

लकडाउनको समयमा पनि नागरिक सचेतक नभएको भन्दै समाजमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको सिजृनशिल क्लबले हात धुने पानी, साबुन जस्ता अवाश्यक सामाग्री विभिन्न ठाउँमा राखेको छ। बजार, संभावित संक्रमण हुने ठाउँमा टोलमा बिषादी औषधि छर्किने कार्य सम्पन्न भएको क्लपका संयोजक रमेश बिडी लामिछानेले बताए।

उनले भने, ‘सबै ठाउमा त सम्भावना छैन। नुवाकोट पहाडी जिल्ला भएर पनि यो बिषयमा हामीले सम्भव भएको ठाउँ जतिमा किटनासक औषधि छरेका छौं। अन्य ठाउँमा पालिका,वडा जस्ता सम्बन्धित निकायले औषधि छरेको भनेपछि स्थानीयले पनि चासो देखाए। उहाँहरुलाई ढुक्क होस भनेर औषधि छर्ने काम गरेका हौं।’

यो महामारी हुनुपर्ने गाउँपालिका जति सक्रिय हुनु पर्ने हो त्यो नभएकाले पालिकालाई कोरोनाको लागि आवस्यक नीति नियम सहितको पत्र बुझाएको संयोजक लामिछानेले बनाए। सहकार्यको लागि दिनरात नभनी खटिन टिम तयार रहेको संयोजक लामिछानेले बताए। पालिकालाई बुझाएका नीति नियममा गाउँपालिका साँच्चै गहिरिएर काम गर्न तयार भए आफहरु दिनरात नभनी काम गर्न तयार रहेको उनले बताए।

सृजनशील क्लबले पछिल्लो समय कोभिड जागरुक टिम खडा गरेको छ। जसबाट कोभिड सम्बन्धि देखा परेका समस्याको समाधानलाई थप सेवा पुर्याउने अपेक्षा गरिएको संयोजक लामिछानेको भनाइ छ।

‘अहिले तत्कालको लागि हामीले एसवाईसी कोभिड अर्वेनेश टिम खडा गरेका छौं, यो टिमले कोभिड सम्बन्धित देखा पर्ने हरेक समस्यालाई समाधान गर्ने योजना भएको छ। त्यसमा बंगलादेशबाट डाक्टर अध्यन गरेर फर्किनु भएका थप दुई र मसहित स्वास्थ क्षेत्रबाट नै पनि मेम्बर रहेको हुनाले हामीले धेरै सेवा गर्न सक्छौं भन्ने सोचेका छौं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *