काठमाडौँसहित अधिकांश स्थानमा वर्षा

डिसी नेपाल
१८ जेठ २०७७ १२:५६

काठमाडौँ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्रमशः हट्दै जाने जानकारी दिनुभयो । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भएको छ।

धेरैसजो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव छ डिग्री र अधिकतम तापक्रम २७ दशमलव चार डिग्री सेल्सियस रहेको छ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव एक डिग्री सेल्सियस रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *