कालिमाटी वृत्तमा कार्यरत सबै प्रहरीको रिपोर्ट नेगेटिभ

डिसी नेपाल
१८ जेठ २०७७ १४:३८

काठमाडौं। कालिमाटी प्रहरी वृत्तमा कार्यरत प्रहरीलाई कोरोना संक्रमण नभएको पुष्टि भएपछि अहिले सबै प्रहरी काममा फर्केका छन्।

वृत्तमा कार्यरत दुई जना जुनियर अधिकृतमा कोरोना संक्रमण देखिएपछि त्यहाँका सबै कार्यालय सिल गरेर कार्यरत प्रहरीको संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगटिभ आएपछि उनीहरु आजबाट काममा फर्केका हुन्।

परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछि आइतबारबाट ड्यूटीमा फर्किएको कालिमाटी वृत्तका प्रमुख डीएसपी रुगम कुँवरले जानकारी दिए। उनका अनुसार अहिले सबै प्रहरी काममा फर्केका छन्।

प्रहरी र अन्य कर्मचारी गरी २२५ को पीसीआरबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पनि उनले जानकारी दिए। यसअघि संक्रमण भएका दुई जना जुनियर अधिकृत पनि शनिबार डिस्चार्ज भएका थिए।

उनीहरुमा संक्रमण देखिएपछि कालिमाटी प्रहरी बृत्त, ट्राफिक प्रहरी र महिला सेलका प्रहरीको कोरोना परीक्षण गरिएको थियो। कालिमाटी वृत्तमा कार्यरत प्रहरीलाई संक्रमण देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले त्यहाँको ड्यूटी गर्दै आएको थियो। परिसरलाई थप मद्धत भने प्रहरी प्रधान कार्यालयले गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *