मानव अधिकार आयोगको टोली रुकुम–जाजरकोट प्रस्थान

डिसी नेपाल
१८ जेठ २०७७ १६:२१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोली अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुमपश्चिममा ५ जनाको मृत्यु र एकजना वेपत्ता भएको घटनाको अनुगमन गर्न रुकुम तथा जाजरकोटतर्फ आइतबार प्रस्थान गरेको छ ।

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा रहेको आयोगको टोलीले सो घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्ति सुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवं शान्ति सुरक्षाको कार्यसम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने जनाइएको छ ।

आयोग, नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले यसअघि उक्त घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको थियो ।

जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरङ्गित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पु¥याउन आयोग जनप्रतिनिधिहरु, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दासमेतलाई आयोगले आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *