भारतबाट फर्किने श्रमिकसँग बस व्यवसायीले चर्को भाडा असुली गरेको भन्दै ध्यानाकर्षण गराइयाे

डिसी नेपाल
१८ जेठ २०७७ १७:१४

नयाँ दिल्ली । भारतबाट फर्किने नेपाली श्रमिकसँग बस व्यवसायीहरुले चर्को भाडा असुली गरेको गुुनासो बढेपछि अन्तर्राष्ट्रिय साझा सद्भाव समूह भारतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनााएको छ ।

अन्तर्राष्ट्रिय साझा सद्भाव समूह भारतका संयोजक गंगाप्रसाद भट्टराईले एक प्रेस विज्ञ्प्ती जारी गर्दै भनेका छन– ‘भारतमा बन्दाबन्दीले थला परेका प्रवासी नेपालीहरुबाट घर जाने क्रममा बस व्यवसायीहरुले चर्को भाडा असुली गर्दै आएको यात्रीहरुले सुनासो गरिरहेका छन्। यदि, यो यथार्थ हो भने अन्तर्राष्ट्रिय साझा सद्भाव समूहले यसको घोर भत्र्सना गर्दछ।’

समुहले चर्को भाडा असुली गरेको विषयमा दिल्लीस्थित नेपाली दूतावास जानकार रहेपनि चुपचाप भएको आरोप लगाएको छ । विज्ञ्प्तीमा अगाडी भनिएको छ– ‘चर्को भाडा असुलीको खबर जताततै फैलिएपनि भारतका लागि नेपाली दूतावास कार्यालय दिल्ली चुपचाप देखिन्छ। यस विषयमा अन्तर्राष्ट्रिय साझा सद्भाव समूह भारतको गम्भीर ध्यानाकर्षण भएको छ।’

यो जटिल अवस्थामा मानवीय समवेदनाको ख्याल गर्दै, त्यही अनुसारको बस भाडा निर्धारण गर्न र चर्को सुल्क नअसुल्न बस व्यवसायीसँग समुहले आग्रह गरेको छ ।

भारतमा  कोरोना भाइरस (कोभिड–१९) का कारणले  बन्दाबन्दी भएको २ महिना पुरा भएको छ। बन्दाबन्दी कायमै रहेपनि अहिले नेपालको सीमा खुकुलो भएलगतै भारतमा बस्ने प्रवासी नेपालीहरुको घर जाने चाप दिनानुदिन बढी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *