चौधरीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

डिसी नेपाल
१८ जेठ २०७७ १७:०५

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य रामसमझ चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । चौधरीको आज धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ५५ वर्षको उमरेमा निधन भएको थियो ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत चौधरीको असामयिक निधनले दुःखित बनाएको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । सभापति देउवाले उनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *