रुकुम घटनामा कसैले पनि प्रश्न नउठाउने गरी छानवीन गरिन्छ : गृहमन्त्री थापा

डिसी नेपाल
१८ जेठ २०७७ १८:००

काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् ।

गृहमन्त्रालयमा रुकुम पश्चिमको घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री थापाले घटनाका दोषीलाई कानुनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाहि गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले घटनाको सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमापुगि छानबिन सुरु गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे । मन्त्री थापाले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्नेगरि काम गर्न सचेत गराईएको समेत जानकारी दिए ।

घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको समेत खोजिकार्य जारी रहेको उनको भनाई थियो । सो घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)को समेत छुट्टै टिम छानबिनका लागि पठाउनेकि भन्नेबारे छलफल भईरहेको समेत मन्त्री थापाले उनीहरुलाई बताएका छन् । घटनाका सम्बन्धमा शनिवारबसेको क्याबिनेटमा समेत छलफल भएको जानकारी दिँदै जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले स्पस्ट पारे ।

जातिय उत्पिडनको अन्त्यका लागि आआफ्नो ठाउँबाट भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यहरुलाई समेत आग्रह गरेका थिए । रुकुमको चौरजहारी नगरपालिका–८ मा प्रेमिकासँग बिहे गर्न गएका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित १९ जनालाई जेठ १० गते राति गाउँलेले कुटपिट गर्दै लखेटेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *