पाल्पामा ३ जनालाई कोरोना पुष्टि

डिसी नेपाल
१८ जेठ २०७७ १९:००

काठमाडौं । प्रदेश ५ अन्तर्गतको जिल्ला पाल्पा पनि कोरोना देखिएको छ। आइतबार प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको परिक्षणमा पाल्पाका ३ जनामा कोरोना पुष्टि भएको हो।

पाल्पामा भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना देखिएको हो। पाल्पाबाट २७१ जनाको परिक्षण गर्दा २५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ११ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवाबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै कपिलवस्तुका ७० जना, रुपन्देहीका ३२ जना, अर्घाखाँचीका २ तथा गुल्मी ३ जनामा कोरोना देखिएको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *