उडान भर्न तयार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

डिसी नेपाल
१८ जेठ २०७७ १९:५४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान भर्नका लागि तयार भएको छ । लामो समयदेखि लकडाउनका कारण बन्द भएको एक मात्र अन्तर्राष्ट्रि विमानस्थल विदेशमा अलपत्र परेका नागरिक ल्याउने सरकारको निर्णयपछि उडानका लागि तयार भएको छ।
कोरोना कहरबाट आक्रान्त बनेको विमानस्थल अहिले बेहुली झै सजिएको छ। कोरोना कहरकैबीच विदेशबाट नागरिक ल्याउने भएपछि विमानस्थलमा ‘मार्किङ’ गरिएको छ।  सामाजिक दुरी कायम गरेर बस्नका लागि कुर्सिको व्यवस्था गरिएको छ भने लाइनलाग्न पनि सामाजिक दुरी कायम गरेरै मार्किङ गरिएको छ। हुलहुज्जत हुने विमानस्थलमा सामाजिक दुरी कायम राख्न समस्या भएकाले मार्किङ गरिएको हो।
प्राथमिकताको आधारमा विदेशमा रहेका नागरिकलाई ल्याउने सरकारको निर्णय छ । पहिलो पटक ३५ हजार नागरिकलाई ल्याइने भएको छ।

फोटो : एस के शर्मा

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *