ह्वाइट हाउसनजिकै आगजनी, ह्वाइट हाउस अन्धकार, प्रदर्शनकारीहरुमाथि अश्रुग्यास प्रहार

डिसी नेपाल
१९ जेठ २०७७ १०:३४

वाशिङटन। अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडका लागि न्याय माग्दै गरिएको आन्दोलन ह्वाइट हाउस नजिकै पुगेको छ । आइतबार बेलुका प्रदर्शनकारीहरुले ह्वाइट हाउस नजिकैका प्रमुख भवनहरुका सिसा फुटाइदिए, कारहरु पल्टाइदिए र आगो लगाइदिए । वाशिङटन स्मारक जनिकै धुवाँको मुस्लो देखिएको थियो । लगत्तै प्रहरीले प्रदर्शनकारहिरुलाई तितरवितर पार्न अश्रु ग्यास प्रहास गरेको थियो ।

प्रदर्शन उग्र भएपछि राष्ट्रपति भवन ह्वाइट हाउसका सबै बाहिरी बत्तीहरु निभाएर अँध्यारो पारिएको थियो । अमेरिकामा प्रदर्शनकारीहरु जर्दनौं शहरहरुमा भेला भएर प्रदर्शन गरिरहेका छन् । उनीहरुले पुलिस कस्टडीमा मारिएका जर्ज फ्लोएडका लागि न्याय माग्दै गरिएको प्रदर्शनका क्रममा उनीहरुले कर्फ्यूको पनि बेवास्ता गरेका थिए । फ्लोएडका लागि न्याय माग्दै अमेरिकामा सुरु भएको प्रदर्शनको आइतबार छैटौं दिन हो । फ्लोएडको गत हत्ना मिनियापोलिसमा पुलिस कस्टडीमा मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *