कोरोना महामारीः जर्मन र फ्रान्सलाई उछिन्दै भारत ७औँ नम्बरमा उक्लियो

डिसी नेपाल
१९ जेठ २०७७ १२:४९

काठमाडौँ । लकडाउन खुकुलो भारतमा भएसँगै कोरोनाको संक्रमण तिब्र रुपमा बढेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७८२ जना नयाँ संक्रमित थपिएसँगै भारत विश्वका सबैभन्दा बढी प्रभावित देशहरुको सूचिमा ७ औँ नम्बरमा उक्लिएको छ ।

एकै दिन धेरै संक्रमित थपिएसँगै फ्रान्स र जर्मनीलाई उछिन्दै भारत ७ औँ नम्बरमा पुगेको हो ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार ६०९ पुगेको छ । जसम्ध्ये ५ हजार ४०८ जनाको ज्यान गइसकेको छ भने ९१ हजार ८५२ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यस्तै, फ्रान्समा हालसम्म १ लाख ८८ हजार ८८२ र जर्मनीमा १ लाख ८३ हजार ४९४ जना संक्रमित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *