अमेरिकाले विश्व स्वास्थ्य संगठनमा फर्किनको लागि राख्यो यस्ता शर्तहरु

डिसी नेपाल
१९ जेठ २०७७ १४:५०

वाशिङटन। कोरोनाभाइरससँग सम्बन्धित जानकारी लुकाएको आरोप लगाउँदै अमेरिकाले विश्व स्वास्थ्य संगठन छोड्ने घोषणा गरिसकेको छ । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको अनुदार पनि रोकिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओमाथि चीनको पक्ष लिएको आरोप लगाएका थिए । चीनको वुहानबाटै कोरोनाभाइरस फैलिन सुरु भएको थियो ।

अमेरिकाले यसअघि डब्लुएचओलाई दिँदै आएको ४ सय मिलियन डलर अब कुनै अन्य सार्वजनिक स्वास्थ्य निकायको लागि खर्च गर्ने बताएको थियो । यद्यपि एकपटक फेरि अमेरिकाले विश्व स्वास्थ्य संगठनमा फर्किन सक्ने संकेत गरेको छ । अमेरिकाले डब्लुएचओसँग मतभेद समाप्त गर्ने संकेत गर्दै यसको लागि केही शर्तहरु राखेको छ ।

आइतबार ह्वाइट हाउसको तर्फबाट जारी बयानमा भनिएको छ, यदि विश्व स्वास्थ्य संगठनमाजारी भ्रष्टाचार र चीनमाथि निर्भरता समाप्त गरियो भने संगठनमा फेरि सहभागी हुने विषयमा विचार गर्न सकिनेछ । राष्ट्रपति ट्रम्पले शुक्रबार डब्लुएचओसँग सबै सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए । ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे गलत जानकारी दिएको र चीनको पक्ष लिएको पनि आरोप लगाएका थिए ।

डब्लुएचओमा सहभागी हुने विषयमा राष्ट्रपति ट्रम्पले पनि यदि डब्लुएचओले सुधार गर्ने र भ्रष्टाचार तथा चीनमाथि आफ्नो निर्भरता समाप्त गरेमा अमेरिका संगठनमा फर्किनेबारे निकै गम्भीरताका साथ विचार गर्ने बताए । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओबयनले एबीसी न्यूजसँग कुरा गर्दै अमेरिकाले चीनले भन्दा धेरै डब्लुएचओमा लगानी गर्ने र त्यो रकम फ्रन्टलाइन वर्करलाई प्राप्त होस् भन्ने सुनिश्चित गर्न गइरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *