४४ सहसचिवसहित ३४ जिल्लाका सिडियो सरुवा (सूचीसहित)
काठमाडौं। गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४४ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरेको छ।
पदस्थापनसहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा भएको मन्त्रालयले जनाएको छ। सरुवा भएका सिडियोमा सुर्खेतका सिडिओ रमेश न्यौपानेको पाल्पा, पाल्पाका यादव सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ।
महोत्तरीमा कृष्णबहादुर कटवाललाई पठाइएको छ। गृहका हिरालाल रेग्मीलाई सुर्खेत, चन्द्र गैरेलाई कालिकोट, भीम भट्टराईलाई डोटी, बर्दियामा लीलाधर अधिकारी, दार्चुलामा शरद पोखरेल, ओखलढुंगामा कृष्ण पौडेल, संखुवासभामा जीवन आचार्य, रोल्पामा नरेन्द्र राना, हुम्लामा चिरञ्जीवी गिरी, बझाङमा कमलराज भण्डारीको सरुवा भएको हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment