आइपासद्वारा गण्डकी स्वास्थ्य निर्देशनालयलाई स्वास्थ्य सामग्री

डिसी नेपाल
१९ जेठ २०७७ १७:५४

चिप्लेढुङ्गा । आइपास नेपालले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई २० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । आइसपासका प्रतिनिधि सरस्वती पुरीले प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुन र स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मालाई उक्त सामग्री सोमबार हस्तान्तरण गरिन् ।

प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थालाई ध्यान दिँदै प्रदेशका पाँच जिल्लाका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको पुरीले जानकारी दिइन् । उनले भनिन् “जोखिम बढिरहेको छ, अग्रमोर्चामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री अभाव नहोस् भनेर प्रदेशमार्फत नवलपरासी, गोरखा, स्याङ्जा, म्याग्दी र पर्वतका लागि सामग्री उपलब्ध गराएका हौँ ।” पुरीले स्वास्थ्य स्वयम्सेविकाका लागि पनि सामग्री रहेको जानकारी दिइन् ।

मन्त्री पुनले कोभिडविरुद्धको लडाइँमा सबै क्षेत्रबाट यसरी नै ऐक्यबद्धता, समन्वय र सहयोगको खाँचो आँैल्याइन् । प्रदेशका स्वास्थ्य निर्देशक शर्माले प्राप्त सामग्री सम्बन्धित अस्पताल र स्वास्थ्यसंस्थाका चिकित्सक एवं स्वास्थ्यकर्मीमा छिटो पु¥याइने बताए ।

आइपासका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवरले स्वास्थ्य सामग्रीमा एन ९५ मास्क र अन्य मास्क, पञ्जा, गाउन, एप्रोन, पिपिइ, आवश्यक औषधिलगायत सामग्री रहेको जानकारी दिइन् । उनका अनुसार आइपासले सुरक्षित गर्भपतन र परिवार नियोजन सेवाका लागि गण्डकी प्रदेशलाई सहयोग गर्दै आएको छ । अहिलेको जोखिमपूर्ण अवस्थामा भने गण्डकीसँगै अन्य प्रदेशमा पनि कोभिड –१९ विरुद्ध स्वास्थ्य सामग्री सहयोग गरिँदैआएको उनले जानकारी दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *