मोदीको ‘डिजिटल इंडिया’ सपनामाथि चीनले यसरी कब्जा गरिसकेको छ

डिसी नेपाल
२० जेठ २०७७ ९:४७

काठमाडौं। भारत र चीनबीच जारी सीमा विवादका बीच भारतले भीनलाई पछि हटाउने दावी गरिरहेको छ । तर, धरातलमा भने भारत चीनलाई पछि धकेलेर अघि बढ्न सक्ने परिस्थितिमा छेन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले पछिल्लो समय ‘डिजिटल इंडिया’को नारा दिइरहेको छ र यसलाई भारतको भविष्य बताउने गरेको छ । तर, मोदीको डिजिटल इंडिया पूरै चीनको भरोसामा अडिएको छ ।

पछिल्लो समय भारतलाई उत्पादनको हब बनाउने कुरा उठिरहेको छ । तर, विगतका वर्षहरुमा भारत क्रमिक रुपमा उत्पादनमा चीनमाथि निर्भर हुँदै गएको थियो । पछिल्लो समय मोदी सरकारले भारतको डिजिटल भविष्यलाई लिएर सपना बाँड्यो तर पछिल्लो ५ वर्षको अवधिमा चीनले भारतको डिजिटल भविष्य पनि कब्जा गरिसकेको छ । भारतको प्राविधिक क्षेत्रमा पछिल्लो समय जे जति काम भएका छन् ती सबैमा ठूलो परिमाणमा चीनको लगानी छ ।

विगतका वर्षहरुमा मोदी सरकारले सतही रुपमा भारतीयहरुलाई चीनको विरोध गर्न उक्साइरहँदा पर्दापछाडि भारतको डिजिटल इंडियाको सपनालाई मेड इन चाइना बनाउने खेल चलिरहेको पछिल्लो एक रिपोर्टमा दावी गरिएको छ । कर्पोरेट मन्त्रालय, भारत र हङकङका स्टक एक्सचेन्जमा दिइएका विवरण, कर्पोरेट घोषणाहरु र विदेशी लगानीका तथ्यांकहरुमा आधारित गेटवेहाउसको पछिल्लो रिपोर्टका अनुसार भारत चीनको बेल्ट एण्ड रोडको हिस्सा बनिसकेको छ ।

बेल्ट एण्ड रोड चीनको महत्वाकांक्षी परियोजना हो । यो परियोजना चीनको पूँजी र लगानीको बलमा एसियादेखि युरोपसम्म फैलिएको चीनको प्रभाव क्षेत्र हो । यो क्षेत्रमा चीनको अर्थतन्त्रको ठूलो प्रभाव छ र यहाँ चीनको नियन्त्रण पनि छ । पछिल्लो समय भारत पनि चीनको बेल्ट एण्ड रोडको एक अंग बनिसकेको छ अर्थात भारत पनि चीनको प्रभावमा परिसकेको छ ।

अहिले भारतका स्टार्टअप कम्पनीहरु, मोवाइल एप्लिकेशन, ब्राउजर, ठूला डाटा, फिनटेक, इकमर्स, सामाजिक संजाल, अनलाइन मनोरञ्जन लगायतका कुराहरु देशको नयाँ अर्थव्यवस्थाका अभिन्न अंग हुन् । यी सबैमा चीनले गहिरो प्रभाव जमाइसकेको छ । कोरोनाभाइरस महामारीपछि भारतले बनाउने भविष्यका योजनाहरुमा चीनले गहिराइसम्म आफ्नो पकड स्थापित गरिसकेको छ ।

प्रविधि क्षेत्रमा लगानी गर्ने चीनका लगानीकर्ताहरुले मार्च २०२० सम्म ५ वर्षको अवधिमा भारतीय स्टार्टअप कम्पनीहरुमा करिब ४ अर्ब डलर लगानी गरिसकेका छन् । भारतका ३० युनिकर्न (१ अर्ब डलरभन्दा धेरै लगानी भएका) स्टार्टअप कम्पनीहरुमध्ये १८ कम्पनीमा चीनको लगानी छ । चीनका २ दर्जन प्रविधि कम्पनीहरुले भारतका ९२ ठूला स्टार्टअप कम्पनीहरुमा लगानी गरिसकेका छन् ।

श्याओमी भारतीय बजारको सबैभन्दा ठूलो मोवाइल कम्पनी हो र हुवावे भारतको सबैभन्दा ठूलो दूरसंचार उपकरण सप्लाइ गर्ने कम्पनी हो । अलिबाबा, टेनसेंट, शनवेइ क्यापिटल (श्याओमी) र बाइटडान्स भारतीय बजारमा सबैभन्दा ठूला लगानीकर्ता हुन् । पेटिएम, बिग बासकेट, डेलीहन्ट, टिकट नाव, विडुली, रेपिडो, जोम्याटो, स्न्यापडील लगायतमा लगानी गरेको चिनियाँ कम्पनी अलीबाबा इकमर्स, फिनटेक र मनोरञ्जन षेत्रको सबैभन्दा ठूलो लगानीकर्ता हो ।

बैजुज, ओला, ड्रिम ११, गाना, माइगेट, स्विगी आसदमा लगानीका साथै शिक्षा, अनलाइन गेमिङ, लजिस्टिक्स, सामाजिक संजाल, फिनटेकका स्टार्टअप टेनसेन्टको पूँजीमा चलिरहेका छन् । शनवेइ क्यापिटलले सिटी मल, हंगामा डिजिटल, ओय रिक्शा, र्यापिडो, शेयरच्याट, जेस्ट मनीमा लगानी गरेको छ । अर्थात विगत ५ वर्षमा डिजिटल इण्डियाका हरेक कम्पनीहरुको सफलताको कथा चीनको लगानीमा उभिएर लेखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *